ब्वाइज फुटबलमा आयोजक लिटिल एन्जल्सको जित

आयोजक लिटिल एन्जल्स (एलए) स्कुलमा भइरहेको प्रतिस्पर्धामा सोमबार वैष्णवीले एलएलाई २५–२०, २५–२२ तथा माउन्ट ओलिभले भ्याली पब्लिकलाई २५–२२, २०–२५, १५–१३ को सेटमा पराजित गरे ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Host Little Angels win in boys' football

काठमाडौँ — वैष्णवी र माउन्ट ओलिभ पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज भलिबलतर्फ फाइनलमा पुगेका छन् ।

आयोजक लिटिल एन्जल्स (एलए) स्कुलमा भइरहेको प्रतिस्पर्धामा सोमबार वैष्णवीले एलएलाई २५–२०, २५–२२ तथा माउन्ट ओलिभले भ्याली पब्लिकलाई २५–२२, २०–२५, १५–१३ को सेटमा पराजित गरे ।

ब्वाइज फुटबलतर्फ एलएले दोहोरो जित हात पार्‍यो । एलए ‘ए’ ले ज्ञानोदयलाई २–० र एलए ‘बी’ ले जेम्सलाई ४–० गोलले हराए ।

ब्वाइज बास्केटबलमा भ्याली पब्लिकले मिश्रित नजिता निकाल्यो । एलआरआईलाई २७–१३ ले हराएको भ्याली पब्लिक आयोजक एलएसँग ३४–२६ ले पराजित भयो ।

गर्ल्स बास्केटबलतर्फ एलआरआईले एलएलाई ८–७ र पुष्पसदनले ज्ञानोदयलाई ११–८ ले हराए ।

कान्तिपुर संवाददाता

Link copied successfully