आयोजक अर्किड स्कुलको मैदानमा आइतबार भएको फाइनलमा विद्यावाणीले एकलव्य शिक्षासदनलाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।
काठमाडौँ — विद्यावाणी पाठशालाले १० औं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आयोजक अर्किड स्कुलको मैदानमा आइतबार भएको फाइनलमा विद्यावाणीले एकलव्य शिक्षासदनलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
विद्या विकास तेस्रो र निर्मलज्योति चौथो भए । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।
अर्किडका संस्थापक प्रेमकुमार भुजेजले जनाए अनुसार विद्यावाणीका एकेन्द्र बुढा उत्कृष्ट खेलाडी, र श्रीयान भट्टराई उत्कृष्ट गोलरक्षक, विद्याविकासका अभिषेक कुमार उदीयमान खेलाडी र एकलव्यका नीरज मगर सर्वाधिक गोलकर्ता बने । एजीएमले अनुशासित टिमको ट्रफी हात पार्यो ।
