राष्ट्रिय लिग : एनआरटी र मनाङबीच बराबरी

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टिमले निर्णायक आक्रमण बुन्न सकेन । यो नतिजा दुवैका लागि निराशाजनक पनि रहनेछ ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

National League: Draw between NRT and Manang

काठमाडौँ — एनआरटी र मनाङ मर्स्याङ्दीले आइतबार राष्ट्रिय लिग २०६२ मा गोलरहित बराबरी खेलेका छन् । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टिमले निर्णायक आक्रमण बुन्न सकेन । यो नतिजा दुवैका लागि निराशाजनक पनि रहनेछ । 

दुवैको यो लगातार दोस्रो गोलरहित बराबरी पनि हो । आ–आफ्नो पछिल्लो खेलमा एनआरटीले एपीएफ र मनाङले संकटासँग गोलरहित बराबरी खेलेको थियो ।

यो नतिजापछि एनआरटी ७ खेलबाट १४ अंकमा रह्यो । मनाङको पनि यो सातौं खेल हो र टिम ८ अंकमा रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully