एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको उद्घाटन

घरेलु कोर्टमा एलएले एलआरआईलाई १९–१७ स्कोरले पराजित गर्‍यो । एलएका आयुश गोइतले १३ स्कोर जोडे ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

LA Inter-School Net Championship inaugurated

काठमाडौँ — आयोजक लिटिल एन्जल्स (एलए) स्कुलले पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज बास्केटबलमा विजयी पाएको छ ।

घरेलु कोर्टमा एलएले एलआरआईलाई १९–१७ स्कोरले पराजित गर्‍यो । एलएका आयुश गोइतले १३ स्कोर जोडे ।

ब्वाइज फुटबलमा लोयल्टी एकेडेमीले एलएलाई २–० र ज्ञानोदयले जेम्सलाई ६–० गोलले हराए ।

ब्वाइज भलिबलमा वैष्णवीले दोहोरो जित पायो । वैष्णवीले माउन्ट ओलिभलाई २५–२२, २५–२१ तथा अनलज्योति माविलाई २५–१५, २५–१५ को सोझो सेटमा हरायो ।

माउन्ट ओलिभले अनलज्योतिलाई २५–९, २५–१६ ले, भ्याली पब्लिकले बालकुमारीलाई २५–१६, २५–१४ र एलएले बालकुमारीलाई २३–२५, २५–११, १५–९ को सेटमा हराए ।

प्रतियोगिताको बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले उद्घाटन गरिन् । ३ सामुदायिक विद्यालयसहित २२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ५ खेलको प्रतिस्पर्धा हुने एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन् । त्यसमा बास्केटबल, भलिबल, फुटबल, टेबलटेनिस र फुटसल समावेश छ ।

कान्तिपुर संवाददाता

Link copied successfully