इन्टरलाई १० अंकको अग्रता

यसका लागि उसले लेसेलाई २–० ले हरायो । दुवै गोल दोस्रो हाफमा भएका हुन् । हेनरिक मेखाटारियनले पहिलो गोल गरे ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

Inter have a 10-point lead

काठमाडौँ — इन्टर मिलानले शनिबार इटालीको सिरी ए को शीर्षमा ठोस १० अंकको अग्रता लिएको छ ।

यसका लागि उसले लेसेलाई २–० ले हरायो । दुवै गोल दोस्रो हाफमा भएका हुन् । हेनरिक मेखाटारियनले पहिलो गोल गरे ।

त्यसपछि म्यानुएल एकान्जीले दोस्रो गोल थपे । यो नतिजापछि इन्टरको २६ खेलबाट ६४ अंक भएको छ । एक खेल कम खेलेको एसी मिलान भने ५४ अंकमा दोस्रोमा छ । युभेन्ट्स भने घरमै कोमोको हातबाट २–० ले पराजित रह्यो ।

यस्तोमा युभेन्ट्स ४६ अंकमा पाँचौं स्थानमा रह्यो । यस्तै अर्को खेलमा कागिलिरी र लाजियोले भने गोवलरहित बराबरी खेले ।

कान्तिपुर संवाददाता

Link copied successfully