आर्सनलमाथि सिटीको निर्णायक दबाब

दुवै टिमले २७ खेल खेल्दा आर्सनल ५८ अंकमा शीर्षमा छ । सिटी भने ५६ अंकमा रह्यो ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई २–१ ले पराजित गर्दै उपाधि होडमा आर्सनलमाथि निर्णायक दबाब सिर्जना गरेको छ ।

दुवै टिमले २७ खेल खेल्दा आर्सनल ५८ अंकमा शीर्षमा छ । सिटी भने ५६ अंकमा रह्यो ।

इतिहाडमा भएको खेलमा सिटीका लागि दुवै गोल निको ओ रिलेले गरे । न्युकासलका तर्फबाट लेविस हलले एक गोल फर्काए । ब्राइटन भने ब्रेन्टफोर्डविरुद्धको खेल २–० ले जित्न सफल रह्यो ।

अन्य खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले १–१, चेल्सी र बर्नलीले १–१ तथा वेस्ट ह्याम र बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् । भिल्ला ५१ र चेल्सी ४५ अंकमा शीर्ष चार भित्र रहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully