नव जनजागृति भने लगातारको छैटौं हारसहित शून्य अंकमा पुछारमा छ ।
काठमाडौं — एपीएफले राष्ट्रिय लिग २०६२ मा आइतबार नव जनजागृतिमाथि ४–१ को पुनर्आगमन जित रचेको छ । यो जितपछि अपराजित एपीएफको ६ खेलबाट १६ अंक भएको छ
नव जनजागृतिको भने लगातार छैटौं हार हो र टिम शून्य अंकमा पुछारमा छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नव जनजागृतिले २९औं मिनेटमा निश्चल थापाको गोलले अग्रता लिएको थियो ।
तर, त्यसलाई कायम राख्न सकेन् र ४३औं मिनेटमा हरि कार्कीले एपीएफका लागि बराबरी गोल गरे । त्यसपछि युवराज थापाले ४६, समिराज थोकरले ५९ र अनिश घर्तीले ६२ औं मिनेटमा गोल गरे ।
