आयोजक अर्किड स्कुलको मैदानमा भइरहेको प्रतियोगितामा विद्यावाणीले निर्मल ज्योतिलाई ३–२ गोलले पराजित गर्यो । निर्मल ज्योतिका रितिक थापा मगर म्यान अफ द म्याच घोषित भए ।
काठमाडौँ — विद्यावाणी र एकलव्य शनिबार अर्किड कप जुनियर छात्र फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
आयोजक अर्किड स्कुलको मैदानमा भइरहेको प्रतियोगितामा विद्यावाणीले निर्मल ज्योतिलाई ३–२ गोलले पराजित गर्यो । निर्मल ज्योतिका रितिक थापा मगर म्यान अफ द म्याच घोषित भए ।
अर्को सेमिफाइनलमा एकलव्यले भीबीईएसएसलाई १–० गोलले हरायो । विजेताका सनव दाहाल म्यान अफ द म्याच चुनिए ।