जयदिन श्रेष्ठ ४१ अंकसहित उपविजेता बने । विजय श्रेष्ठ इनहाउसले ४० ग्रस अंकसहित बेस्ट ग्रस उपाधि जिते । उनले ६ बर्डी र एउटा इगल गरेपछि मोस्ट बर्डिजको उपाधि जिते ।
काठमाडौँ — गोकर्ण गल्फ क्लबमा शनिबार भएको ग्लेनलिभेट ओपन गल्फ प्रतियोगिताको उपाधि रविन फुयालले जितेका छन् । उनले ४३ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जिते ।
जयदिन श्रेष्ठ ४१ अंकसहित उपविजेता बने । विजय श्रेष्ठ इनहाउसले ४० ग्रस अंकसहित बेस्ट ग्रस उपाधि जिते । उनले ६ बर्डी र एउटा इगल गरेपछि मोस्ट बर्डिजको उपाधि जिते ।
तारा कार्कीले ३४ अंकसहित महिला विधाको उपाधि जितिन् । एन्जिला योन्जन २४ अंकसहित उपविजेता भइन् । सिनियरतर्फ विजयबहादुर श्रेष्ठले ३४ अंक लिएर विजेता बने । नरेश्वरजंग गुरुङले ३४ अंकका साथ सुपर सिनियर विधा (७० वर्ष र सोभन्दा माथि) को उपाधि जिते । तेन्जिङ छिरिङले लङ्गेस्ट ड्राइभको अवार्ड र कञ्चन बस्न्यातले क्लोजेस्ट टु द पिन अवार्ड जिते ।
सबै विजेतालाई ट्रफी र द ग्लेनलिभेटलगायत विभिन्न संस्थाबाट गिफ्ट ह्याम्पर प्रदान गरियो ।
पेर्नोड रिकार्डद्वारा प्रायोजित प्रतियोगितामा १ सय ३ गल्फरले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पेर्नोड रिकार्डका प्रबन्धक सौरभ भट्टराई, गोकर्ण गल्फका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार प्रदान गरे ।
