शनिबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई २–० गोलअन्तरले हराउँदै रेड युनाइटेड गोरखा विजयी बनेको हो ।
गोरखा — दसौं गोर्खाली रनिङ कपको उपाधि रेड युनाइटेड युथ क्लब गोरखाले हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा चाइनिज धारा फेमेली क्लबलाई २–० गोलअन्तरले हराउँदै रेड युनाइटेड गोरखा विजयी बनेको हो ।
प्रतियोगिताका विजेता रेड युनाइटेडले ४ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको चाइनिज धारा फेमेलीलले २ लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै, रेड युनाइटेडका चन्द्रसुन्दर श्रेष्ठ उत्कृष्ट गोलरक्षक बन्दै ३ हजार रुपैयाँ पुरस्कार पाएका छन् । उदियमान खेलाडी हरमटारी क्लबका आकाश गुरुङले १० हजार रुपैयाँ र चाइनिज धारा फेमेलीका अमृत मगर उत्कृष्ट खेलाडी बन्दै नगद २५ हजार रुपैयाँ पाएका छन् ।
हरमटारी क्लबको आयोजनामा भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । जिल्ला भित्र रहेका युवाहरूलाई खेलकुदप्रति आकर्षित गराई व्यावसायिक खेलाडी तयार गर्न सहयोग पुर्याउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।
