न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल वासआउट

सुपर एटको ग्रुप बी को खेल वर्षाले असम्भव भएपछि दुवै टिमले एक/एक अंकमा चित्त बुझाएका छन् ।

फाल्गुन ९, २०८२

कान्तिपुर संवाददाता

New Zealand vs Pakistan match washed out

काठमाडौँ — टी-२० विश्वकपको न्युजिल्यान्ड र पाकिस्तानबीचको सुपर एटको पहिलो खेल शनिबार वर्षाले गर्दा रद्द भएको छ । खेल वासआउट भएपछि यसमा दुवै टिम खुसी भने हुने छैनन् । सुपर एटको ग्रुप बी को खेल वर्षाले असम्भव भएपछि दुवै टिमले एक/एक अंकमा चित्त बुझाएका छन् ।

पाकिस्तानले टस जितेका भए पनि त्यसपछि खेल अगाडि बढ्न सकेको थिएन । प्रतियोगिताको सुपर एट चरणमा वर्षाले खेल रद्द भयो भने त्यसको स्थानमा अर्को दिन खेल हुने व्यवस्था गरिएको छैन । ग्रुप बी मा इंग्ल्यान्ड र श्रीलंका पनि रहेका छन् ।

प्रतियोगितामा वर्षाले पूरा खेल रोकिएको यो दोस्रो पटक हो । यसअघि समूह चरणमा जिम्बावे र आयरल्यान्डबीचको खेल पनि वासआउट भएको थियो । अब आइतबार सुपर एटमा दुई खेल हुनेछन् । त्यसमध्ये पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड तथा दोस्रो खेलमा भारत र दक्षिण अफ्रिका भिड्ने छन् ।

कान्तिपुर

Link copied successfully