यो जितपछि बिलबाओको २५ खेलबाट ३४ अंक भएको छ र आठौं स्थानमा रहेको छ ।
काठमाडौँ — एथलेटिको बिलबाओले शुक्रबार स्पेनी ला लिगामा एल्चेलाई २–१ ले पराजित गर्दै अर्को सिजनमा युरोपमा खेल्ने आफ्नो सपना जीवन्त राखेको छ ।
उसका लागि दुवै गोल गोर्का गुरुजेटाले गरे । एल्चेका लागि आन्द्रे सिल्भाले बराबरी गोल फर्काए ।
गुरुजेटाले ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । यो जितपछि बिलबाओको २५ खेलबाट ३४ अंक भएको छ र आठौं स्थानमा रहेको छ ।
यो चौथोमा रहेको एटलेटिको म्याड्रिडसँग ११ अंकको दूरी हो । एटलेटिको पछाडि रियल बेटिसको ४१, इस्पनयोलको ३५ र सेल्टा भिगोको ३४ अंक रहेको छ ।
