‘मिड डिभिजन युनिटी रन’ मा भुपेन्द्र र गीता पहिलो

प्रतियोगितामा विजयी धावकलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, सेनाको मध्यपृतना मुख्यालयका पृतनापति विष्णुकुमार खड्काले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

फाल्गुन ९, २०८२

प्रताप विष्ट

Bhupendra and Geeta come first in 'Mid Division Unity Run'

हेटौंडा — २६३ औं सेना दिवसको अवसरमा हेटौंडामा आयोजित ‘मिड डिभिजन युनिटी रन’ प्रतियोगिताको १० किलोमिटर दौडमा पुरुषतर्फ गोरखबहादुर गणका भुपेन्द्र सुनार र महिलातर्फ गीता विक पहिलो भएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ लोकेन्द्र बोहोरा दोस्रो र धनु मानन्धर तेस्रो भएका छन् । महिलातर्फ दोस्रो निमाकुमारी नेपाली र तेस्रो विनिता विक भए । पहिलो, दोस्रो र तेस्रोले क्रमशः २५, १५ र १० हजार रुपैयाँका दरले पुरस्कार पाए ।  

हेटौंडास्थित सुपारेटार व्यारेकको सामरी खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको पुरुषतर्फको ५ किलोमिटर दौडमा पहिलो गोपाल, दोस्रो सन्तोष नेपाली  र अनिल मजाकोठी तेस्रो भएका छन् । महिलातर्फको ५ किलोमिटर दौडमा पहिलो जानकी खाती, दोस्रो वसन्त गोले र तेस्रो स्थानमा वेदना पुन आएका छन् । उनीहरुले क्रमशः १५, १० र ५ हजार रुपैयाँ पाएका छन् । 

यसैगरी छात्रातर्फको ५ किलोमिटर दौडमा स्वस्तिका थिङ, रिता सुनार र नैनावती साह क्रमशः पहिलो, दोस्रो र तेस्रो भएकी छन् । छात्रतर्फको दौडमा सुवास हेम्जन, विवेक श्रेष्ठ र विशाल श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले १०, ७ र ३ हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।  

प्रतियोगितामा विजयी धावकलाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, सेनाको मध्यपृतना मुख्यालयका पृतनापति विष्णुकुमार खड्काले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।  सेना दिवसको अवसरमा आयोजना गरिएको ऊक्त कार्यत्रममा ५ किलोमिटर वकाथन गरिएको थियो । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully