आयोजक लोयल्टी एकेडेमीमा शुक्रबार फाइनलमा लिटिल एन्जल्सले काठमाडौं भ्याली स्कुललाई ५–१ गोलले पराजित गर्यो ।
काठमाडौँ — लिटिल एन्जल्सले १४ औं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आयोजक लोयल्टी एकेडेमीमा शुक्रबार फाइनलमा लिटिल एन्जल्सले काठमाडौं भ्याली स्कुललाई ५–१ गोलले पराजित गर्यो । प्रणव बोगटीले ह्याट्रिक गरे भने सन्द्रप शाहीले २ गोल थपे । काठमाडौं भ्यालीका नोर्बु छिरिङ घलेले एक गोल गरे । प्रतियोगिताभर ११ गोल गरेका प्रणव सर्वाधिक स्कोरकर्ता बने । सन्द्रप उत्कृष्ट स्ट्राइकर घोषित भए ।
काठमाडौं भ्यालीका सन्तोष उत्कृष्ट डिफेन्डर, लिटिल एन्जल्सका आयुश थापा उत्कृष्ट मिडफिल्डर, इनियस पंगेनी उत्कृष्ट गोलरक्षक, लिटिल एन्जल्सका राजेन्द्र कार्की उत्कृष्ट प्रशिक्षक चुनिए । त्रिज्योति अनुशासित टिम बन्यो ।
विजेतालाई बागमती प्याब्सनका अध्यक्ष मुरारिप्रकाश सञ्जेल, लोयल्टीका अध्यक्ष विजय सम्बाहाम्फे, लोयल्टीकी निर्देशक नन्दा सुब्बा, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतले पुरस्कृत गरे ।
