राष्ट्रिय हक्कीको महिलातर्फ गण्डकी विजेता

शुक्रबार भएको खेलसँगै गण्डकी १२ अंकसहित च्याम्पियन बन्यो ।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

Gandaki wins women's national hockey championship

काठमाडौँ — गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।

शुक्रबार भएको खेलसँगै गण्डकी १२ अंकसहित च्याम्पियन बन्यो ।

पुरुषमा गण्डकी र सुदूरपश्चिम प्रदेश उपाधिका लागि खेल्नेछन् । दुवैको ९–९ अंक छ । नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ टिम प्रतिस्पर्धी रहेका थिए । दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउनेछन् ।

कान्तिपुर

Link copied successfully