फरेस्टलाई प्ले अफमा अग्रता

यस्तै प्रशिक्षकका रूपमा मार्टिन ओ‘नेलको हजारौं खेलमा सेल्टिक भने स्टुटगार्टको हातबाट ४–१ ले पराजित रह्यो ।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

Forest take the lead in the play-offs

काठमाडौँ — नयाँ प्रशिक्षकका रूपमा भिक्टर परेरा आएयता नटिंघम फरेस्टले बिहीबार युरोपा लिग प्ले अफ पहिलो लेगमा फेनाबाचेलाई ३–० ले पराजित गरेको छ ।

यस्तै प्रशिक्षकका रूपमा मार्टिन ओ‘नेलको हजारौं खेलमा सेल्टिक भने स्टुटगार्टको हातबाट ४–१ ले पराजित रह्यो ।

यो सिजनको चौथो प्रशिक्षक परेराले भर्खरै फरेस्टसँग १८ महिनाको अनुबन्ध गरेका छन् । उनलाई विजयी सुरुआत दिलाउन मरिलो, इगोर जेसस र मोर्गन गिब्स ह्वाइटले गोल गरे । अन्य खेलमा रेड स्टार बेलग्रेडले लिललाई १–० र बोलोग्नाले ब्रानलाई १–० ले हरायो ।

यस्तै जेन्कले डायनामो जागरेभलाई ३–१, लुडोगोरेट्स रेजगार्डले फेरेन्कभारेसलाई २–१ र सेल्टा भिगोले पीएसओकेलाई २–१ ले पराजित गर्न सफल रह्यो । भिक्टोरिया र प्लाजेन र प्यानाथिनाइकोजले २–२ को बराबरी खेले ।

कान्तिपुर

Link copied successfully