इंग्ल्यान्डका उद्धारकर्ता करन

दुई एसोसिएट मुलुक नेपाल र इटालीविरुद्ध साम करनले जसरी डेथ ओभरमा बलिङ गरे, त्यो प्रशंसनीय रह्यो

फाल्गुन ८, २०८२

एएफपी

England's savior Karen

What you should know

कोलकाता — इंग्ल्यान्डले आइतबार हुने सुपर एटको खेलमा श्रीलंकाको सामना गर्दै छ । तर इंग्लिस टिममा साम करन नहुँदो हो त यतिबेला ह्यारी ब्रुक्सको टिम ट्वान्टी–२० विश्वकपबाट बिदा भएर घर जाने तर्खरमा हुन्थ्यो । जतिबेला इंग्ल्यान्ड संकटमा रह्यो, त्यतिबेला यी अलराउन्डरले उद्धारकर्ताको भूकिामा खेले । दुई एसोसिएट देश नेपाल र इटालीविरुद्ध उनले जसरी डेथ ओभरमा बलिङ गरे, त्यो प्रशंसनीय रह्यो । 

ट्वान्टी–२० वरीयताको १६ औं स्थानमा रहेको नेपालले जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याइरहेको थियो । सर्वकालीन स्तब्धपूर्ण नतिजाका लागि नेपाललाई अन्तिम ओभरमा १० रन चाहिएको थियो । यस्तोमा बायाँहाते स्विङ बलरले अति नै दबाबको स्थितिमा ५ रन मात्र खर्चे । भलै, मुम्बईको वानखेडे स्टेडियम नेपाली समर्थकले भरिएको थियो । खेलपछि करनले भने, ‘मैले अब ६ योर्कर फाल्ने छु, मैले त्यस्तो गर्न सकिनँ भने त्यसमा ठूलो प्रहार हुनेछ । मलाई लाग्छ, बलरले यस्तै सोच्नुपर्छ ।’ उनले थपे, ‘मैले धेरै ट्वान्टी–२० क्रिकेट खेलेको छु । जतिबेला अन्तिम क्षणको जित प्राप्त हुन्छ, यसले कुनै पनि टिमलाई आत्मविश्वास दिन्छ । सबैभन्दा ठूलो खेलाडीको अनुहारमा खुसी फर्किन्छ ।’

ब्रुक्सले करन जत्तिको खेलाडी अविश्वसनीय रहेको बताएका छन् । उनले जति नै दबाबमा रहे पनि करन उत्तिकै शान्त देखिने भनेर प्रशंसा पनि गरे । उनका अलराउन्डर पार्टनर विल ज्याक्सले भनेका छन्, ‘नेपालविरुद्धको खेल जिताएकै करनले हो, मलाई लागिसकेको थियो, हामी हारिसकेका थियौं ।‘

त्यसपछि इंग्ल्यान्डलाई गाह्रो भएको थियो, यस विश्वकपमा डेब्यु गरिरहेको इटालीविरुद्ध । इटालीको वरीयता थियो, २७ । कोलकातामा भएको खेलमा इटालीलाई इंग्ल्यान्डविरुद्धको खेल जित्न अन्तिम २ ओभरमा ३० रन चाहिएको थियो । यो खेल इटालीले जितेको भए पनि इंग्ल्यान्डलाई गाह्रो हुन्थ्यो । यस्तोमा १९ औं ओभरमा बलिङ गर्न आए, तिनै करन । उनले सुरुमा ग्रान्ट स्टेवार्टलाई चुप लगाए अनि ४५ रनमा आउट गरे । 

त्यस ओभरमा उनले ५ रनमात्र खर्चिए । अन्त्यमा इंग्ल्यान्ड यो खेलमा २४ रनले विजयी रह्यो । त्यो खेलपछि तीव्र गतिका बलर जेमी ओभरटनले भने, ‘पछिल्लो दुई तीन वर्षको प्रदर्शनले प्रमाणित गरेको छ, जतिबेला टिममा दबाब हुने गर्छ, टिमलाई त्यसबाट मुक्त गराउने काम करनले गर्ने गर्छन् । यसैले देखाउने गर्छ, उनी कति उपयोगी खेलाडी हुन् भनेर ।’ एक वर्ष अगाडि करन एक त्यस्ता खेलाडी थिए, जो इंग्ल्यान्ड टिममा भर्खर छिरेका थिए । 

तर अहिले उनी प्रशिक्षक ब्रेन्डन म्याकलमका लागि विश्वास गर्न योग्य खेलाडी भएका छन् अनि कप्तान ब्रुक्सका लागि स्थापित खेलाडी । विश्वकपअगाडि श्रीलंका गएको इंग्ल्यान्ड टिमबाट पनि करनले राम्रो खेलेका थिए । यसपल्टको विश्वकपमा इंग्ल्यान्डका लागि नियमित रूपमा उच्च प्रदर्शन गर्नेमा उनी अगाडि छन् । छैटौं क्रममा ब्याटिङ गर्दै उनले वेस्ट इन्डिजविरुद्ध ४३, स्कटल्यान्डविरुद्ध २८ र इटालीविरुद्ध २५ रन बनाएका छन् । त्यसैले अहिले इंग्लिस टिममा उनको महत्त्व खुबै बढेको छ ।

एएफपी

Link copied successfully