काष्ठमण्डप फुटसलमा आठ टिम प्रतिस्पर्धी

फुटसल प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

Eight teams compete in Kasthamandap Futsal

काठमाडौँ — काष्ठमण्डप विद्यालयको आयोजनामा काष्ठमण्डप फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने काष्ठमण्डपका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिए। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।

समूह ‘ए’ मा काष्ठमण्डप ‘ए’, चेल्सी, सेलिब्रेसन को-एड र मल्पी तथा समूह ‘बी’ मा काष्ठमण्डप ‘बी’ सेन्ट जेभियर्स, एआईटीएम र ह्वाइटफिल्ड छन् । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

भक्तवीर सिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन र स्टडी प्लसको सहयोगमा दुईदिने प्रतियोगिताका खेल आयोजककै हातामा खेलाइने छ ।

कान्तिपुर

Link copied successfully