जितका लागि १ सय ६६ रन पछ्याएको इटाली १८औं ओभरमा १ सय २३ रन बनाएर अलआउट भयो ।
काठमाडौँ — वेस्ट इन्डिजले टी-२० विश्वकप २०२६ को समूह सी मा बिहीबार आफ्नो शतप्रतिशत प्रदर्शनलाई कायम राखेको छ । यसक्रममा इटालीलाई सजिलै ४२ रनले पराजित गरेको छ ।
कोलकाताको इडेन गार्डेनमा भएको खेलमा जितका लागि १ सय ६६ रन पछ्याएको इटाली १८औं ओभरमा १ सय २३ रन बनाएर अलआउट भयो ।
यसअघि नै प्रतियोगिताको सुपर एट पुगिसकेको वेस्ट इन्डिजका लागि समर जोसेफले ३० रनमा ४ विकेट लिए र इटालीले बलियो जवाफ दिन सकेन् । उसका लागि बेन मनेटीले सर्वाधिक २६ रन बनाए । यस्तै, जेजे स्मिथले २४ रन जोडे । त्यस अगाडि दुई पटकको च्याम्पियन वेस्ट इन्डिजका लागि कप्तान साइ होपले ४६ बलमा ७५ रन बनाए ।
उनले ६ चौका र ४ चौका प्रहार गरे । जितसँगै वेस्ट इन्डिजले ४ खेलबाट अधिकतम ८ अंक जोडेर समूहको शीर्षमा रह्यो । इंग्ल्यान्ड पनि यो समूहबाट सुपर एट पुगिसकेको छ । समूह चरणका सबै खेल सकिएको स्थितिमा स्कटल्यान्ड, इटाली र नेपाल तीनै टिम समान दुई दुई अंकमा रहे ।
