यो जितले न्युकासल नकआउट चरणको प्ले अफ पहिलो लेगमा बलियो स्थितिमा पुगेको छ ।
काठमाडौँ — एन्थोनी गोर्डनको चार गोलमा युरोपेली च्याम्पियन्स लिगमा न्युकासल युनाइटेडले बुधबार अजरबैजानको कोरोबागलाई ६–१ ले पराजित गरेको छ ।
यो जितले न्युकासल नकआउट चरणको प्ले अफ पहिलो लेगमा बलियो स्थितिमा पुगेको छ ।
तेस्रो मिनेटमा गोलको खाता खोलेका गोर्डनले पहिलो हाफमै सबै गोल गरेका हुन् । बोडो/गिल्म्टले भने इन्टर मिलानलाई ३–१ ले स्तब्ध पार्यो । नर्वेली बोडो/गिल्म्टले लिग चरणमा म्यानचेस्टर सिटी र एटलेटिको म्याड्रिडलाई पनि हराएको थियो ।
यस्तै क्लब ब्रुग र एटलेटिको म्याड्रिडले ३–३ को बराबरी खेले । बायर लेभरकुजन भने ओलम्पियाकोजमाथि २–० को जित निकाल्न सफल रह्यो ।
