माउन्ट एभरेस्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण

जुनियर तथा क्याडेटको पुरुष ४५ केजीमुनिको तौल समूहमा केनिशले फाइनलमा नेपालकै आवश्यक विष्टलाई हराएर स्वर्ण जितेका हुन् । नेपालका सुशन थापा र आदित्य खड्काले कांस्य जिते ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Kenish wins gold in Mount Everest Taekwondo

What you should know

काठमाडौँ — नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

जुनियर तथा क्याडेटको पुरुष ४५ केजीमुनिको तौल समूहमा केनिशले फाइनलमा नेपालकै आवश्यक विष्टलाई हराएर स्वर्ण जितेका हुन् । नेपालका सुशन थापा र आदित्य खड्काले कांस्य जिते । पुरुष ३७ केजीमुनि तौल समूहमा नेपालका प्राजोल पौडेलले फाइनलमा विवश खड्कालाई पराजित गरी स्वर्ण जिते । यस तौलमा अमिर शाक्य र नितेश देउलाले कांस्य जिते ।

पुरुष ४१ केजीमुनि भारतका आयान अली काजीले फाइनलमा नेपालका सुजन नेपालीलाई हराएर स्वर्ण जिते । भारतका अमाव कम्बोज र नेपालका शुभम अधिकारीले कांस्य जिते ।

महिला ३७ केजीमुनि भारतका सुरेश सोनवणे समिक्षाले फाइनलमा नेपालका जोवियाना तामाङलाई हराएर स्वर्ण जितिन् । नेपालका प्रतिभा खड्का र अमृता लामाले कांस्य जिते । क्याडेट महिला ४१ केजीमुनि भारतकी वैष्णवी यादवले फाइनलमा आफ्नै देशकी नवा शशिकान्तलाई पराजित गर्दै स्वर्ण जितिन् । नेपालका अन्वेषा घिमिरे र रितिका ठाकुरीले कांस्य जिते ।

क्याडेट पुरुष ४९ केजीमा नेपालका आयुष बलामीले भारतका रिशान फरहादलाई हराएर स्वर्ण जित्दा रोज बिक र सक्षम घलेले कांस्य जिते । महिला ३३ केजीमुनि नेपालकी सुप्रिया जोशीले प्रशंसा बिकलाई पराजित गरी स्वर्ण जितिन् । नेपालका हृदयणी बस्नेत र मोनालिसा धामीले कांस्य जिते । ४४ केजीमुनि नेपालकी शिभानी खत्रीले फाइनलमा भारतकी साग्मा लेभानालाई पराजित गरी स्वर्ण जितिन् । सायन सुनुवार र एन्चेन लामाले कांस्य जिते ।

कान्तिपुर संवाददाता

Link copied successfully