क्यानडा आफ्ना चारै खेलमा पराजित रह्यो र शून्य अंकमा रह्यो । यो समूहबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड अर्को चरण पुगेका छन् । जितका लागि २ सय १ रनको लक्ष्य पछ्याएको क्यानडाले ८ विकेटमा १ सय १८ रन मात्र बनाउन सक्यो ।
काठमाडौँ — सुपर एट प्रवेशको सम्भावनाबाट बाहिरिसकेको अफगानिस्तानले टी–ट्वान्टी विश्वकप २०२६ मा बिहीबार क्यानडालाई ८२ रनले पराजित गरेको छ । अफगानिस्तानका लागि यो दोस्रो सान्त्वना जितभन्दा बढी केही रहेन र टिम चार अंकमा समूह डी को तेस्रो स्थानमा रह्यो ।
क्यानडा आफ्ना चारै खेलमा पराजित रह्यो र शून्य अंकमा रह्यो । यो समूहबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड अर्को चरण पुगेका छन् । जितका लागि २ सय १ रनको लक्ष्य पछ्याएको क्यानडाले ८ विकेटमा १ सय १८ रन मात्र बनाउन सक्यो ।
त्यसमा हर्ष ठाकरले ३० र साद बिन जाफरले २८ रन बनाए । क्यानडालाई सस्तोमा समेट्न मोहम्मद नाबीले ४ र रसिद खानले २ विकेट लिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४ विकेटमा २ सय रन बनाएको थियो ।
त्यसमा इब्राहिम जारडनले सर्वाधिक ९५ रन बनाए र नटआउट पनि रहे । उनले ५६ बलको सामना गरेर ७ चौका र ५ छक्का प्रहार गरे । सेदिकुल्लाह अटलले पनि ३२ बलमा ४४ रन जोडे । क्यानडाली बलरमध्ये जसकरन सिंहले ५२ रनमा तीन विकेट लिए ।