बेनफिकामा उनले ५० औं मिनेटमा निर्णायक गोल गरे र रियल दुई खेलको प्रतिस्पर्धामा अगाडि रह्यो ।
काठमाडौँ — भिनिसियस जुनियरको एक मात्र गोलको मदतले रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिग प्ले अफ पहिलो लेगमा बेनफिकालाई १–० ले पराजित गरेको छ ।
बेनफिकामा उनले ५० औं मिनेटमा निर्णायक गोल गरे र रियल दुई खेलको प्रतिस्पर्धामा अगाडि रह्यो ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने दुई गोलले पछाडि रहेको स्थितिाट मोनाकोमाथि ३–२ को जित दर्ता गर्न सफल रह्यो । फोलरिन बोलोगनको दुई गोलमा मोनाको १८ मिनेट भित्र अगाडि रहेको थियो । त्यसयता डिसाएर डोउले २९ औं मिनेटमा पहिलो गोल फर्काए ।
अचरफ हाकिमीले ४१ औं मिनेटमा दोस्रो गोल थपेयता डोउले नै ६७ औं मिनेटमा विजयी गोल गरे । यस्तै बोरुसिया डर्टमुन्डले एटलान्टालाई २–० ले पराजित गर्यो भने युभेन्ट्स गालातासारेविरुद्ध ५–२ ले स्तब्ध रह्यो ।
