जितका लागि १ सय ७४ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १५.१ ओभरमा २ विकेट गुमाएर १ सय ७६ रन बनाउन सफल रह्यो ।
मुम्बई — न्युजिल्यान्डले ट्वान्टी-२० विश्वकप २०२६ मा समूह डीबाट मंगलबार 'सुपर एट'को यात्रा तय गरेको छ । यसका लागि उसले चेन्नाईमा भएको खेलमा क्यानाडालाई ८ विकेटले पराजित गरेको हो ।
यो जितपछि न्युजिल्यान्डको ६ अंक भएको छ । दक्षिण अफ्रिकाको पनि ६ अंक रहेको छ । दक्षिण अफ्रिका पनि यसअघि नै अर्को चरण पुगिसकेको छ ।
जितका लागि १ सय ७४ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १५.१ ओभरमा २ विकेट गुमाएर १ सय ७६ रन बनाउन सफल रह्यो । त्यसमा ग्लेन फिलिप्स ७६ र रचिन रविन्द्र ५९ रन बनाएर नटआउट रहे । उनीहरूले १ सय ४६ रनको साझेदारी गरे ।
त्यस अगाडि क्यानाडाले युवराज शर्माको १ सय १० रनको योगदानको मदतले ४ विकेटमा १ सय ७३ रन बनाएको थियो । युवराजले ६५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे ।
