जिरोनाले हरायो बार्सिलोनालाई

रियलले अघिल्लो दिनको खेलमा सोसिडाडलाई हराएको थियो ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Girona defeated Barcelona

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन बार्सिलोना सोमबार स्पेनी ला लिगामा जिरोनाको हातबाट २–१ ले पराजित भएको छ र यसले टिम शीर्षमा रियल म्याड्रिडसँग दुई अंकले पछाडि रह्यो । 

रियलले अघिल्लो दिनको खेलमा सोसिडाडलाई हराएको थियो । यस्तोमा बार्सिलोनासामु जिरोनालाई हराएर फेरि शीर्षमा उक्लने अवसर थियो ।

बार्सिलोनाका लागि लामिन यामल पेनाल्टीबाट गोल गर्न चुके । पउ चुबरीको गोले बार्सिलोनाले अग्रता लिएयता जिरोनाका लागि थोमस लेमार र फ्रान बेल्ट्रानले गोल फर्काए ।

यससँगै जिरोनाको उत्कृष्ट पुर्नआगमन जित सम्भव भएको थियो । गत साता पनि कोपा डेल रेको पहिलो लेग सेमिफाइनलमा बार्सिलोना एटलेटिको म्याड्रिडसँग पराजित भएको थियो । 

रियल २४ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा छ भने उसको पछाडि बार्सिलोना ५८ अंकमै सीमित रह्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully