लिग तालिकामा इन्टरको ६१ अंक छ भने उसको पछाडि एसी मिलानको ५३ र नेपोलीको ५० अंक छ ।
काठमाडौँ — इटालीको 'सिरी ए' उपाधि होडमा नेपोलीले आइतबार आफ्नो पकड गुमाएको छ र एएस रोमासँग २–२ को बराबरी खेलेको छ । यो नतिजाले डिफेन्डिङ च्याम्पियन नपोली शीर्षमा रहेको इन्टर मिलानसँग ११ अंकको दूरीमा रह्यो ।
लिग तालिकामा इन्टरको ६१ अंक छ भने उसको पछाडि एसी मिलानको ५३ र नेपोलीको ५० अंक छ । यस्तै रोमा भने ४७ अंकमा चौथो स्थानमा रहेको छ । रोमाले डोनयेल मालेनको गोलले खेलमा दुई पल्ट अग्रता लिएको थियो ।
मालेनको दोस्रो गोल पेनाल्टीमा सम्भव भएको थियो । तर दुवै अवसरमा नेपोली बराबरी गोल गर्न सफल रह्यो । उसका लागि लियोनार्डो स्पिनजोला र आन्द्रे सान्टोसले एक/एक गोल गरे ।
