युएईमाथि अफगानिस्तानको जित 

युएईले दिएको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

Afghanistan's victory over UAE

मुम्बई — ट्वान्टी-२० विश्वकप २०२६ मा सोमबार यूएईलाई अफगानिस्तानले ५ विकेटले पराजित गरेको छ ।

युएईले दिएको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानको जितमा अजमतुल्लाह उमरजाइले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रनको नट आउट इनिङ्स खेले । 

यस्तै, इब्राहिम जाद्रानले ४१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।  

त्यसअघि अफगानिस्तानले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार गरेको थियो । यूएईका लागि सोहेब खानले सबैभन्दा बढी ६८ रन बनाए ।

तेस्रो खेलमा पहिलो जित हात पारेको अफगानिस्तानको २ अंक भएको छ ।

कान्तिपुर

Link copied successfully