इन्टरले दुई पल्ट अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेको थिएन् र दुवै अवसरमा युभेन्ट्स खेलमा फर्केको थियो ।
काठमाडौँ — पोल्यान्डको मिडफिल्डर पिटर जेलेन्स्कीले ९० औं मिनेटमा गरेको निर्णायक गोलको मदतले इन्टर मिलानले इटालीको सिरी ए मा शनिबार युभेन्ट्सलाई ३–२ ले पराजित गरेको छ ।
यससँगै इन्टरले शीर्ष स्थानमा ठोस आठ अंकको अग्रता लिएको छ ।
इन्टरले दुई पल्ट अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेको थिएन् र दुवै अवसरमा युभेन्ट्स खेलमा फर्केको थियो ।
इन्टरले आन्द्रे कमबिसोको आत्मघाती गोलमा अग्रता लिएको थियो । उसका लागि पिओ इसपोसिटोले पनि एक गोल गरे ।
युभेन्ट्सका लागि आन्द्रे कम्बबिसो र म्यानुएल लोकाटेलीले गोल फर्काए । यो जितपछि इन्टरको ६१ अंक भएको छ । यभेन्ट्स भने ४६ अंकमा चौथो स्थानमा रह्यो ।