LIVE : ट्वान्टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ ।
40 Updates
नेपाललाई ९ विकेटले हराउँदै वेस्ट इन्डिज जारी विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । नेपाल भने १ खेल अगावै नै बाहिरिएको छ । नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र १ विकेट गुमाएर पूरा गरेको हो । त्यो पनि २८ बल बाँकी रहँदै ।
होप ६१ र हेटयमार ४६ रन बनाएर नटआउट रहे । दोस्रो विकेटका लागि ९१ रनको साझेदारी भएको थियो । लगातार तेस्रो हारपछि प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ ।
दीपेन्द्र ५८ रन बनाएर आउट भएका छन्, बलर रहेका छन्, होल्डर । उनले ४७ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे ।
सोमपाल २६ रन बनाएर नटआउट रहे । करण केसी एक रन बनाएर आउट भए । नेपालको इनिङ्स टुंगिएको छ र यसक्रममा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको छ । वेस्ट इन्डिजले जितका लागि १ सय ३४ रनको लक्ष्य पाएको छ ।
अनुभवी होल्डरले वेस्ट इन्डिज आक्रमणको जिम्मेवारी सम्हालेका छन् । सोमपालले तीन चौका प्रहार गरे । स्कोरले केही गति लिएको छ । नेपालको सय रन पूरा भएको छ । यो नेपालका लागि राहत हुनेछ । यो ओभरमा १६ रन निस्केको छ । स्कोर भएको छ, छ विकेटमा १ सय ८ । दीपेन्द्र ४१ र सोमपाल २१ रन बनाएर खेलिरहेका छन् ।
हुसेनको बलिङको दीपेन्द्रले एक चौका प्रहार गरे । यससँगै १६ ओभरको समाप्तिमा ६ विकेटमा ८२ रन भएको छ । दीपेन्द ३५ रन बनाएर नटआउट छन् । उनलाई सोमपाल कामीले साथ दिइरहेका छन् ।
सोमपाल नेपालका लागि तेस्रो विश्वकप खेल्ने खेलाडी भनेका छन् । उनी सन् २०२४ र २०२४ को विश्वकपमा पनि नेपालको प्रतिनिधित्व गर्ने खेलाडी हुन् ।
वेस्ट इन्डिजका लागि समर जोसेफले ११ ओभर बलिङ गरेका छन् । लोकेशले एक अर्को चौका प्रहार गरे । लगत्तै उनी आउट पनि भएका छन् । पाँचौँ विकेट पतन भएको छ । स्कोर ५ विकेटमा ४६ रन भएको छ । सय रनको स्कोर बनाउन पनि नेपाललाई कठिन देखिएको छ । लोकेशले १३ रन बनाए, १५ बलको सामना गरेर । उनले दुई चौका प्रहार गरे । नयाँ ब्याटर गुल्सनकुमार झा रहेका छन् ।
वेस्ट इन्डिजविरुद्ध नेपालको खराब प्रदर्शन जारी रहेको छ । आरिफ शेख पनि २ रनमै आउट भइसकेका छन् । आरिफलाई जेसन होल्डरको बलमा म्याथ्यु फोर्डले क्याचआउट गराएका हुन् ।
यसअघि कप्तान रोहित पौडेल, आसिफ शेख र कुशल भुर्तेल आउट भइसकेका छन् । नेपाल ७ ओभरको समाप्तिमा २५/४ को अवस्थामा रहेको छ । अहिले क्रिजमा उपकप्तान दीपेन्द्रसिंह ऐरी र लोकेश बम रहेका छन् ।
नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा सुरुवातमै तीन विकेट गुमाइसकेको छ । नेपालले पाँचौँ ओभरको पहिलो बलमा आसिफ शेखलाई गुमाएको छ । जेसन होल्डरको बलमा आसिफलाई हेटमेयरले क्याच आउट गराएका हुन् ।
आसिफले ११ रन बनाए । यसअघि कप्तान रोहित पौडेल र कुशल भुर्तेल आउट भइसकेका छन् । अहिले क्रिजमा नयाँ ब्याटर आरिफ शेख र उपकप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् ।
नेपालका कप्तान रोहित पौडेल ५ रनमै आउट भएका छन् । उनलाई म्याथ्यु फोर्डले एलबीडब्लू आउट गराएका हुन् । नेपालले रिभ्यू पनि गुमाउन पुग्यो । नेपालले सुरुवातमै दुई विकेट गुमाइसकेको छ ।
नयाँ ब्याटरका रुपमा दीपेन्द्रसिंह ऐरी आएका छन् । आसिफ ११ रन बनाएर खेलिरहेका छन् । स्कोर भएको छ, २ विकेटमा १७ रन भएको छ । मेडन ओभर भएको छ ।
अकिल हुसेनले वेस्ट इन्डिज बलिङको सुरुआत गरेका छन् । नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेल आउट भएका छन् । हुसनले भुर्तेललाई पहिलो ओभरमा बोल्ड गरेका हुन् । नयाँ ब्याटरका रूपमा कप्तान रोहित पौडेल क्रिजमा आएका छन् । अहिले क्रिजमा आसिफ शेख र रोहित रहेका छन् ।
वेस्ट इन्डिजले टस जितेको छ र नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपालले टस हारेको यो लगातार तेस्रो खेल हो । नेपालले इंग्ल्यान्ड र इटालीविरुद्धको खेलमा पनि टस हारेको थियो ।
नेपाली टिम यस प्रकार छ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, लोकेश बम, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव र सन्दीप लामिछाने ।
वेस्ट इन्डिजविरुद्धको खेलका लागि नेपाली समर्थकको वानखेडे स्टेडियम बाहिर घुँइचो लागेको छ । यसअघि इंग्ल्यान्ड र इटालीविरुद्धको खेलमा भन्दा आज बढी नेपाली दर्शक देखिएका छन् । अधिकांश समर्थकले नेपाली जर्सी लगाएका छन् । धेरैको अनुहारमा नेपाली झन्डा पोतिएको छ । दर्शक स्टेडियममा प्रवेशको क्रम पनि सुरु भइसकेको छ ।
नेपाली क्रिकेट टिम मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियम पुगिसकेको छ । आज नेपालको खेल रहेको छ, दुईपल्टको च्याम्पियन वेस्ट इन्डिजविरुद्ध । अहिले नेपाली टिम मैदानमा अभ्यास गरिहेको छ । अभ्यास गरिरहेका खेलाडीमा कप्तान रोहित पौडेल पनि रहेका छन् । टिमले शनिबार गरेको अभ्यासका क्रममा सन्चो नभएपछि उनी त्यसमा सहभागी भएका थिएनन् । वेस्ट इन्डिज टिमले पनि अभ्यास गरिरहेको छ ।




