रुप्से स्पोर्ट्सले नवलपुरको गैंडाकोटामा आफ्नै स्वामित्वमा रहेको ५ विगाहा क्षेत्रफलमा एकेडेमी स्थापना गरी नेपाली क्रिकेटको स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।
काठमाडौँ — रुप्से स्पोर्ट्स म्यानेजमेन्टले अत्याधुनिक पूर्वाधारसहित क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ ।
रुप्से स्पोर्ट्सले नवलपुरको गैंडाकोटामा आफ्नै स्वामित्वमा रहेको ५ विगाहा क्षेत्रफलमा एकेडेमी स्थापना गरी नेपाली क्रिकेटको स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । प्रस्तावित क्रिकेट एकेडेमी र प्रशिक्षण केन्द्रमा नेपाली खेलाडीलाई गुणस्तरीय प्रशिक्षण प्रदान गरी क्षमता विकास गर्ने उद्देश्य रहेको रुप्सले जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेर अगाडि बढ्ने योजना अघि सारेको रुप्से स्पोर्ट्स म्यानेजमेन्टले युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण, आधुनिक प्रविधिको प्रयोग र अभ्यासका लागि उत्कृष्ट वातावरण प्रदान गरिने संस्थाका अध्यक्ष रमेश पराजुलीले विज्ञप्तिमार्फत जनाएका छन् ।
