रियल फेरि शीर्ष स्थानमा

यो जितले रियलको ६० अंक भएको छ र आफ्नो नजिकको प्रतिद्वन्द्वी बार्सिलोनामाथि दुई अंकको अग्रता लिन सफल भएको हो ।

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — भिनिसियस जुनियरले पेनाल्टीबाट गरेको दुई गोलको मदतले रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार रियल सोसिडाडलाई ४–१ ले हराएको छ र फेरि लिग तालिकाको शीर्षमा उक्लेको छ ।

यो जितले रियलको ६० अंक भएको छ र आफ्नो नजिकको प्रतिद्वन्द्वी बार्सिलोनामाथि दुई अंकको अग्रता लिन सफल भएको हो । बार्सिलोनाले सोमबार जिरोनाको सामना गर्दैछ र उसको सामु रियललाई उछिन्ने अवसर हुनेछ ।

अल्भारा एल्बेलाको रियलका लागि गोन्जालो गार्सिया र फेड भाल्भेरडेले पनि एक एक गोल गरे । मिखेल ओयारजबेलले सोसिडाडका लागि एक गोल फर्काए । सोसिडाड ३१ अंकमा आठौं स्थानमा छ ।

शनिबारको अर्को महत्त्वपूर्ण खेलमा चौथो स्थानमा रहेको भिल्लारियल गेटाफेको हातबाट २–१ ले पराजित रह्यो । भिल्लारियल ४५ अंकमा कायम रह्यो ।

कान्तिपुर

Link copied successfully