एनआरटी विजयी

एनआरटीले स्थानीय टोली गाईघाट फुटबल क्लबलाई २–० ले पराजित गरेको थियो । खेलको ४७ औं मिनेटमा एनआरटीकी प्रतीक्षा ठकुरीले पहिलो गोल गरिन् ।

फाल्गुन २, २०८२

कान्तिपुर संवाददाता

उदयपुर — गाईघाटस्थित थारुहट रंगशालामा शुक्रबार सुरु एन्फा महिला च्याम्पियन फुटबलको उद्घाटन खेलमा एनआरटी विजयी भएको छ ।

एनआरटीले स्थानीय टोली गाईघाट फुटबल क्लबलाई २–० ले पराजित गरेको थियो । खेलको ४७ औं मिनेटमा एनआरटीकी प्रतीक्षा ठकुरीले पहिलो गोल गरिन् । सुशीला कार्कीले ७९ औं मिनेटमा एनआरटीका लागि दोस्रो गोल गरिन् । प्लेयर अफ द म्याच प्रतीक्षा भइन् ।

फागुन ९ मा फाइनल हुने प्रतियोगिताको उद्घाटन साफका महासचिव पुरुषोत्तम कट्टलले गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा गरेको प्रतियोगितामा १० टिमको सहभागिता छ ।

विजेताले ७ लाख ५ हजार र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । शनिबार नेपाल पुलिस क्लब र एफसी रियालेबीच प्रतिस्पर्धा हुनेछ । त्रिभुवन आर्मी, एपीएफ, आरएस पोखरा, चर्च ब्वाइज युनाइटेड, छहारी वाइसी र संकटा एफसी अन्य प्रतिस्पर्धी टिम हुन् ।

कान्तिपुर

Link copied successfully