इन्टरमाथि मिलानको दबाब

दस खेलाडीमा सीमित मिलानका लागि लुका मोडरिचले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।

फाल्गुन २, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — एसी मिलानले इटलीको सिरी ए मा शुक्रबार पिसालाई २–१ ले पराजित गरेको छ ।

दस खेलाडीमा सीमित मिलानका लागि लुका मोडरिचले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।

त्यस अगाडि मिलानले रुबेन लोफ्टस चिकको गोलले अग्रता लिएको थियो । तर फिलिपे लोयोलाले पिसाका लागि बराबरी गोल फर्काए । यस्तोमा दुवै टिमले एक एक अंकमा चित्त बुझाउने स्थिति रहेको थियो, तर मोडरिचले निर्णायक गोल गरे ।

यो जितसँगै मिलानले लिग तालिकाको शीर्षमा रहेको इन्टर मिलानमाथि दबाब सिर्जना गरेको छ । इन्टर ५८ अंकमा शीर्षमा छ भने मिलान ५ अंकको दूरीमा दोस्रो स्थानमा छ ।

कान्तिपुर

Link copied successfully