ग्रिनविच, नेक्सस र गेटवे विजयी

ग्रिनविचले बोधीसदनलाई १–० गोलले पराजित गर्‍यो । ग्रिनविचका दीक्षित थापाले विजयी गोल गोल गरे ।

फाल्गुन २, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्रिनविचले शनिबार १० औं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा जित हात पारेको छ ।

ग्रिनविचले बोधीसदनलाई १–० गोलले पराजित गर्‍यो । ग्रिनविचका दीक्षित थापाले विजयी गोल गोल गरे ।

आयोजक अर्किडको मैदानमा भइरहेको प्रतियोगितामा ब्रम्हकुञ्ज, नेक्सस, श्रमशील र गेटवे एकेडेमी पनि विजयी भए ।

विश्वास गिरीको निर्णायक गोलमा ब्रम्हकुञ्जले उज्ज्वल तारालाई १–० गोलले हरायो । नेक्ससले चिरायूलाई १–० गोलले हराउँदा विराज दुगुले गोल गरे ।

श्रमशीलले बेलपुष्पलाई ३–० गोलले पराजित गर्‍यो । निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेलमा गेटवेले टाइब्रेकरमा न्युस्टार पोलमाथि ५–४ जित दर्ता गर्‍यो ।

४६ टिम सहभागी नकआउट प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

कान्तिपुर

Link copied successfully