डर्टमुन्डका लागि सेरहोउ गुइरेसीले दुई गोल गरे ।
काठमाडौँ — बोरुसिया डर्टमुन्डले शुक्रबार जर्मन बुंडेसलिगामा मेन्जलाई सजिलै ४–० ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
त्यसमा डर्टमुन्डका लागि सेरहोउ गुइरेसीले दुई गोल गरे ।
उनले दसौं मिनेटमा गोलको खाता खोलेपछि ४२ औं मिनेटमा अर्को गोल थपे । यस्तै म्याक्सिमिलियन बेयर र रामी बेसेबानीले एक एक गोल गरे ।
यो जितपछि डर्टमुन्डको ५१ अंक भएको छ र यो शीर्षमा रहेको बायर्न म्युनिकसँग तीन अंकको दूरी मात्र हो । एक खेल कम खेलेको बायर्नको ५४ अंक रहेको छ ।
