रोयल नेपाल गल्फ क्लबमा उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराएर लगातार दोस्रो पटक उपाधि जिते । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जिते । भुवनको यो करियरको १३ औं उपाधि हो ।
What you should know
काठमाडौँ — भुवन नगरकोटीले शुक्रबार इभन पार ६८ खेल्दै समग्रमा ६ अन्डर २ सय ६६ स्कोरसहित सूर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जितेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराएर लगातार दोस्रो पटक उपाधि जिते । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जिते । भुवनको यो करियरको १३ औं उपाधि हो ।
समग्रमा २ अन्डर २ सय ७० को स्कोरमा सञ्जय र दिनेशले संयुक्त दोस्रो स्थान हात पारे । सञ्जयले १ ओभर ६९ र दिनेशले ३ ओभर ७१ मा दिनको खेल टुंग्याए । उनीहरूले समान ९५ हजार पुरस्कार हात पारे ।
समग्रमा १ अन्डर २ सय ७१ स्कोर जोडेका नेपाल नम्बर एक गल्फर नीरज तामाङ, रवि खड्का र रामे मगरले संयुक्त चौथो स्थान बाँडे । नीरजले १ ओभर ६९, रविले २ ओभर ७० र रामेले ३ ओभर ७१ को स्कोर कार्ड बनाए । उनीहरूले ६३ हजार पुरस्कार पाए ।
तोरणविक्रम शाहीले ३ अन्डर ६५ को स्कोरसहित समग्रमा २ ओभर २ सय ७४ बनाए सातौं स्थान लिए । उनले ४७ हजार पुरस्कार पाए । इभन पार ६८ खेलेका जयरामले समग्रमा ३ ओभर २ सय ७५ सहित आठौं स्थानमा ओगटे । उनले ४१ हजार पाए । ५ ओभर २ सय ७७ सहित भुवनकुमार रोक्का र टंकबहादुर कार्कीले नवौं स्थान बाँडे । भुवनले २ अन्डर ६६ र टंकले २ ओभर ७० मा खेल पूरा गरे । उनीहरूले ३३ हजार ५ सय पुरस्कार पाए ।
एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्माले स्वप्निल भट्टराईलाई ८ स्ट्रोकले हराएर उपाधि जिते ।
