टस हारेर ब्याटिङको लागि ओर्लिएको जिम्बाबेले २ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ ।
मुम्बई — जिम्बाबेले ट्वान्टी–२० विश्वकप २०२६ मा अस्ट्रेलियाको धारिलो बलिङलाई निस्तेज पार्दै शुक्रबार सुदृढ ब्याटिङ गरेको छ । समूह सी को कोलम्बोमा भएको खेलमा जिम्बाबेले पहिले ब्याटिङ गर्दै १ सय ७० रनको लक्ष्य तयार पारेको हो ।
टस हारेर ब्याटिङको लागि ओर्लिएको जिम्बाबेले २ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ । त्यसमा ओपनर ब्रायन बेनेटले ५६ बलमा ६४ रन बनाए । उनले ७ चौका प्रहार गरे ।
यस्तै अर्का ओपनर टाडिवानासे मारुमनीले ३५ रनको योगदान दिए । त्यस्तै रायन ब्रलले पनि ३५ रन जोडे । अर्का नटआउट ब्याटर सिकन्दर राजाले २५ रन बनाए । अस्ट्रेलियाका बलरमध्ये मार्कस स्टोइनिस र क्यामरुन ग्रिनले एक–एक विकेट लिए ।
