पीएफसी इमर्जिङ कप सुरु, चितवनका १२ विद्यालयबीच प्रतिस्पर्धा हुँदै

प्रतियोगिताको विजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री पाउनेछन् ।

फाल्गुन १, २०८२

कान्तिपुर संवाददाता

भरतपुर — पीएफसी इमर्जिङ् कप २०८२ आजदेखि सुरु भएको छ । पटिहानी फुटबल क्लबको आयोजनामा आजदेखि ७ माघसम्म हुने प्रतियोगितामा चितवनका १२ विद्यालयले सहभागिता जनाएका छन् ।

भरतपुर महानगरपालिका-१४ को सुन्दरबस्ती खेल मैदानमा भएको उद्घाटनन खेलमा अमर माध्यामिक विद्यालय र एसओएस स्कूल प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै, दोस्रो खेल ३ बजेदेखि सैनिक आवासीय माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालयबीच हुनेछ ।

क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगिताको विजेताले १०  हजार नगदसहित १५  हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री पाउनेछन् । उपविजेताले १० हजार नगदसहित १० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । अनुशासित टिमलाई ५ हजार बराबरको खेलकुद सामाग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मीडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाणपत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।

कान्तिपुर

Link copied successfully