उनले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन् । दिनेशले बिहीबार ४ अन्डर ६४ खेल्दै समग्रमा ५ अन्डर १ सय ९९ सहित दोस्रो स्थानमा उक्लिए
What you should know
काठमाडौँ — भुवन नगरकोटी सूर्य नेपाल काठमाडौं ओपन गल्फको तेस्रो दिन एक स्ट्रोकको अग्रतासहित शीर्षस्थान आएका छन् । ४ अन्डर ६४ सहित समग्रमा ६ अन्डर १ सय ९८ को स्कोरमा भुवन अगाडि बढेका हुन् ।
उनले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन् । दिनेशले बिहीबार ४ अन्डर ६४ खेल्दै समग्रमा ५ अन्डर १ सय ९९ सहित दोस्रो स्थानमा उक्लिए ।
रामे मगरले समग्रमा ४ अन्डर २ सय स्कोर बनाउने क्रममा बिहीबार १ अन्डर ६७ को स्कोर कार्ड बनाए । उनी एक स्थान तल झरे । समग्रमा ३ अन्डर २ सय १ सहित सञ्जय लामा र लगातार दुई दिनका लिडर रवि खड्काले चौथो स्थान बाँडे । सञ्जयले २ अन्डर ६६ स्कोर गरे । रविले २ ओभर ७० को प्रदर्शन गरे ।
नेपाल नम्बर एक नीरज तामाङले रोयल नेपाल गल्फ क्लबको कोर्स रेकर्ड बराबरी गरे । उनले ८ अन्डर ६० को सानदार प्रदर्शन गरे । उनले बोगीरहित ६ अन्डर २८ मा फ्रन्टनाइन टुंग्याए । ब्याकनाइन २ अन्डर ३२ मा सके । यसअघि शिवराम श्रेष्ठ र नीरजले यो कोर्समा ८ अन्डर खेलेका थिए ।
समग्रमा ३ ओभर २ सय ७ को स्कोरमा टंकबहादुर कार्की र जयराम श्रेष्ठले सातौं स्थान बाँडे । धनबहादुर थापा र तोरणविक्रम शाही समग्रमा ५ ओभर २ सय ९ सहित संयुक्त नवौं स्थानमा रहे ।
एमेच्योरतर्फ महेन्द्र फगामी र राष्ट्रिय टोलीका राहुल विश्वकर्मा समग्रमा ३ ओभर २ सय ७ सहित संयुक्त शीर्षस्थानमा छन् । महेन्द्रले इभन पार ६८ र राहुलले लगातार तेस्रो दिन १ ओभर ६९ को प्रदर्शन गरे । उनीहरूले युवा गल्फर स्वप्निल भट्टराईलाई २ स्ट्रोकले पछि पारे ।
