शुक्रबार आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीमा भएको फाइनलमा मिल्सबेरीले नामीलाई ८–६ स्कोरले पराजित गर्यो ।
काठमाडौँ — मिल्सबेरीले नवौं काष्ठमण्डप अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीमा भएको फाइनलमा मिल्सबेरीले नामीलाई ८–६ स्कोरले पराजित गर्यो ।
मिल्सबेरीका विशेष शाक्यले ४ तथा सारांश भट्टराई र संघर्ष कठायतले २–२ स्कोर गरे । नामीका पामे हाङ राईले ६ स्कोर जोडे । मिल्सबेरीका विशेष शाक्य मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।
सेमिफाइनलमा मिल्सबेरीले आयोजक काष्ठमण्डपलाई १५–१४ र नामीले इस्लिङ्टनलाई ११–५ ले हराएर उपाधि भिडन्त पक्का गरेका थिए ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी प्रिन्सिपल शिवा थापा र काष्ठमण्डपकी संस्थापक इला पियाले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको काष्ठमण्डपका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।
