सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महेन्द्रज्योतिले खुम्बु युनाइटेड क्लबलाई ५–४ गोलले पराजित गर्यो । निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय सीधै पेनाल्टी शुटआउटबाट गरिएको थियो ।
काठमाडौँ — आयोजक महेन्द्रज्योति पूर्व विद्यार्थी मञ्च फराक र नाम्चे युथ क्लब शुक्रबार १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश छन् । दुवै टाइब्रेकरमा विजयी भए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महेन्द्रज्योतिले खुम्बु युनाइटेड क्लबलाई ५–४ गोलले पराजित गर्यो । निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय सीधै पेनाल्टी शुटआउटबाट गरिएको थियो ।
अर्को खेलमा नाम्चेले खुम्जुङ युथ क्लबलाई ४–२ गोलले हरायो । निर्धारित समयको खेल ३–३ को बराबरीमा टुंगिएको थियो ।
आयोजक महेन्द्रज्योतिका आशिष मगर र नाम्चेका निमा टासी शेर्पा प्लेयर अफ द म्याच घोषित भए । फाइनल आइतबार हुनेछ ।
प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।