बागमती गाउँपालिका मकवानपुरको प्रायोजन तथा पालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबार भएको ७ किलोमिटर दुरी २४ मिनेट ११ सेकेन्डमा पार गर्दै गोले प्रथम भएका हुन् ।
हेटौंडा — प्रथम बागमती खुल्ला मिनी म्याराथन (दौड) प्रतियोगिता २०८२ को उपाधि बकैया–५ का राजकुमार गोलेले जितेका छन्।
बागमती गाउँपालिका मकवानपुरको प्रायोजन तथा पालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबार भएको ७ किलोमिटर (शान्तिपुरदेखि, पाथिभरा, लामिटार, कोइरालादमार हुँदै झुरझुरेसम्म) दुरी २४ मिनेट ११ सेकेन्डमा पार गर्दै गोले प्रथम भएका हुन् ।
प्रतियोगितामा हेटौंडा–४ का सुवास योन्जन (२४ मिनेट ४९ सेकेन्ड) सहित द्वितीय र बकैया–७ का सचिन थिङ (२५ मिनेट ४ सेकेन्ड) सहित तृतीय भएका छन् ।
यसैगरी क्रमशः बकैया–५ का अनिष थिङ (२५ः४), हेटौंडा–४ का सचिन गुरुङ (२५ः५४), बागमती–६ का राम चौधरी (२५ः५५), बागमती–१ का दासु तामाङ (२६ः३३), बकैया–८ का प्रदीप न्यासुर (२७ः५), हेटौंडा–५ का सत्यमान वाईबा (२७ः५४) र बकैया–५ का मनिष थिङ (२८ः१६) मा दुरी पार गरेका थिए। प्रतियोगितामा ४६ जना सहभागी भएका थिए ।
विजेताले गोलेले २५ हजार रुपैयाँ, द्वितीय योन्जनले १५ हजार र तृतीय थिङले १० हजार पाएका छन्। अन्य १० जना भित्र परेकाले २–२ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
बागमती गाउँपालिक खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ र गाउँपालिकाका अध्यक्ष सर्केश घलान र एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बललगायतले पुरस्कार वितरण गरेका थिए ।
