यूएईद्वारा क्यानडा पराजित 

यूएईको जितमा आर्यन्स शर्माले ५३ बलमा ७४ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

फाल्गुन १, २०८२

कान्तिपुर संवाददाता

मुम्बई — यूएईले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा क्यानडालाई ५ विकेटले हराएको छ । जितका लागि १ सय ५१ रनको लक्ष्य पाएको यूएईले १९.४ ओभरमा विजयी रन बनाएको हो । यो जितमा आर्यन्स शर्माले ५३ बलमा ७४ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । 

त्यस अगाडि क्यानडाले ७ विकेट गुमाएर १ सय ५० रन बनाएको हो । त्यसमा हर्ष थाकरले सर्वाधिक ५० रन बनाए । उनले ४१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । यस्तै नवनित धालिवालले ३४ रन बनाए । 

यूएईका जुनिद सिद्दीकिले ३५ रनमा ५ विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully