ब्रेन्टफोर्डले रोक्यो आर्सनललाई

यसले म्यानचेस्टर सिटीको उपाधि होड फेरि जीवन्त बनेको छ । आर्सनलले नोनी माडुकेको गोलले अग्रता लिएको थियो ।

फाल्गुन १, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार ब्रेन्टफोर्डसँग १–१ को बराबरीमा चित्त बुझाएको छ ।

यसले म्यानचेस्टर सिटीको उपाधि होड फेरि जीवन्त बनेको छ । आर्सनलले नोनी माडुकेको गोलले अग्रता लिएको थियो ।

तर ब्रेन्टफोर्डले किन लेविस पोटरको गोलले खेल बराबरीमा टुंग्याउन सफल रह्यो । यो नतिजापछि आर्सनले ५७ अंकमा शीर्ष स्थानमा रहे पनि सिटीसँगको दूरी चार अंक मात्र रह्यो । सिटी ५३ अंकमा दोस्रो स्थानमा छ ।

एस्टन भिल्ला ५० अंकमा तेस्रो स्थानमा छ । ब्रेन्टफोर्ड भने ४० अंकममा सातौं स्थानमा रहेको छ । अब लिगमा १२ चरणका खेल मात्र बाँकी रहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully