भुवनले जिते सूर्य नेपाल काठमाडौं ओपन  

रोयल नेपाल गल्फ क्लबमा उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराएर लगातार दोस्रो पटक उपाधि जिते । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जिते । भुवनको यो करियरको १३ औं उपाधि हो ।

फाल्गुन १, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — भुवन नगरकोटीले शुक्रबार इभन पार ६८ खेल्दै समग्रमा ६ अन्डर २ सय ६६ स्कोरसहित सूर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जितेका  छन् ।

रोयल नेपाल गल्फ क्लबमा उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराएर लगातार दोस्रो पटक उपाधि जिते । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जिते । भुवनको यो करियरको १३ औं उपाधि हो ।

समग्रमा २ अन्डर २ सय ७० को स्कोरमा सञ्जय र दिनेशले संयुक्त दोस्रो स्थान हात पारे । सञ्जयले १ ओभर ६९ र दिनेशले ३ ओभर ७१ मा दिनको खेल टुंग्याए । उनीहरूले समान ९५ हजार पुरस्कार हात पारे ।

समग्रमा १ अन्डर २ सय ७१ स्कोर जोडेका नेपाल नम्बर एक गल्फर नीरज तामाङ, रवि खड्का र रामे मगरले संयुक्त चौथो स्थान बाँडे । नीरजले १ ओभर ६९, रविले २ ओभर ७० र रामेले ३ ओभर ७१ को स्कोर कार्ड बनाए । उनीहरूले ६३ हजार पुरस्कार पाए ।

तोरणविक्रम शाहीले ३ अन्डर ६५ को स्कोरसहित समग्रमा २ ओभर २ सय ७४ बनाए सातौं स्थान लिए । उनले ४७ हजार पुरस्कार पाए । इभन पार ६८ खेलेका जयरामले समग्रमा ३ ओभर २ सय ७५ सहित आठौं स्थानमा ओगटे । उनले ४१ हजार पाए । ५ ओभर २ सय ७७ सहित भुवनकुमार रोक्का र टंकबहादुर कार्कीले नवौं स्थान बााडे । भुवनले २ अन्डर ६६ र टंकले २ ओभर ७० मा खेल पूरा गरे । उनीहरूले ३३ हजार ५ सय पुरस्कार पाए ।

सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गतको चौथो प्रतियोगिता रहेको काठमाडौं ओपनको एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्माले स्वप्निल भट्टराईलाई ८ स्ट्रोकले हराएर उपाधि जिते । ३ अन्डर ६५ खेलेका राहुलले समग्रमा इभन पार २ सय ७२ स्कोर गरे । शुक्रबार ३ ओभर ७१ खेलेका स्वप्निलले समग्रमा ८ ओभर २ सय ८० स्कोर जोडे । समग्रमा ११ ओभर २ सय ८२ बनाएका महेन्द्र फगामी तेस्रो भए । उनले ४ ओभर ७२ को स्कोर बनाए ।

अन्तिम १८ होलको खेलको सुरूवात गर्दा भुवन दिनेशभन्दा मात्र १ स्ट्रोकले अगाडि थिए । तर अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा भुवनको जित सहज बन्यो । भुवनले फ्रन्ट र ब्याक नाइन इभन पार ३४ मा सके । उनले पहिलो, चौथो र १७औं होलमा बर्डी प्रहार गरे । छैटौं, आठौं र १८औं होलमा एक एक सट खेर फाले ।

सञ्जयले सातौं होलमा बोगी प्रहार गर्दा बाकी होलमा पार जोगाउादै फ्रन्ट नाइन १ ओभर ३५ मा फ्रन्ट नाइन सकाए । यसपछि १३औं होलको बर्डीका विरुद्ध १८औं होलको बोगीले ब्याक नाइन इभन पार ३४ खेले ।

दिनेशले पहिलो र छैटौं होलको बोगीले फ्रन्ट नाइन २ ओभर  ३६ मा सकाए । यसपछि १०औं, १३औं र १५औं होलमा एक एक सट बचाए । तर यसपछि ११औं, १२औं, १४औं र १६औं होलमा बोगी खेपे ।

विजेतालाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान, नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार प्रदान गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully