एरिक गार्सियाको आत्मघाती गोलले एटलेटिकोले अग्रता लिएको थियो । त्य
काठमाडौँ — एटलेटिको म्याड्रिडले डिफेन्डिङ च्याम्पियन बार्सिलोनालाई कोपा डेल रेको पहिलो लेग सेमिफाइनलमा बिहीबार अविश्वसनीय रुपमा ४–० ले पराजित गरेको छ । खेलका चारै गोल पहिलो हाफमा भएको थियो ।
एरिक गार्सियाको आत्मघाती गोलले एटलेटिकोले अग्रता लिएको थियो । त्यसपछि उसका लागि एन्टोन ग्रिजमन, एडेमोल लुकमन र जुलियन एल्भारेजले एक एक गोल थपे । खेलको अन्त्यतिर बार्सिलोना दस खेलाडीमा सीमित रह्यो ।
खेलको ८५ औं मिनेटमा गार्सिया रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । अब दोस्रो लेगको सेमिफाइनल बार्सिलोनाको घरमा मार्च ३ मा हुनेछ र त्यसमा घरेलु टिमलाई चार गोलले पछाडि रहेको स्थिति उल्टाउने चुनौती हुनेछ ।
