Live

ट्वान्टी-२० विश्वकप : नेपाल vs इटाली

LIVE : मुम्बईको वानखेडे स्टेडियममा नेपाली टिम इटालीसँग खेलिरहेको छ ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

31 Updates

(05:57 PM)

इटालीसँग नेपाल १० विकेटले पराजित 

नेपाल १० विकेटले पराजित भएको छ । वानखेडे स्टेडियममा इटालीले सानदार जित निकालेको हो । इटालीले बिना विकेटको क्षति विजयी रन बनाएको हो, स्कोर रह्यो, १ सय २४ । जित १२.४ ओभरमा प्राप्त भएको छ । एन्थोनी ६२ र जस्टिन ६० रनमा नटआउट रहे । लगातार दोस्रो हारले नेपालको सुपर एट प्रवेशको सम्भावना कमजोर बनेको छ ।

Nepal defeated Italy by 10 wickets

(05:54 PM)

इटालीलाई १२ औं ओभरको समाप्तीमा जितका लागि दुई रन मात्र आवश्यक

इटालीलाई १२ औं ओभरको समाप्तीमा जितका लागि दुई रन मात्र चाहिएको छ । स्कोर भएको छ, विना विकेटको क्षति १ सय २२ रन । उसका लागि दुवै ओपनर नटआउट खेलिरहेका छन् । नेपालको हार निश्चित भएको छ ।

(05:50 PM)

सन्दीप फेरि बलिङ आक्रमणमा

सन्दीप फेरि बलिङ आक्रमणमा फर्केका छन् । यो ओभरमा जस्टिनले आफ्नो अर्धशतक पूरा गरेका छन् । लगत्तै एन्थोनीले पनि आफ्नो अर्धशतक पूरा गरे । इटालीको स्कोर भएको छ, बिना कुनै विकेटको क्षति १ सय ११ रन बनाएको छ । इटालीले थप दुई छक्का प्रहार गरेको छ ।

(05:49 PM)

इटालीलाई जितका लागि १३ रन आवश्यक 

इटालीको स्कोर भएको छ, ११ ओभरको समाप्तिमा बिना कुनै विकेटको क्षति १११ । अब इटालीलाई जितका लागि १३ रन मात्र आवश्यक छ ।

(05:43 PM)

नौ ओभरको समाप्तिमा इटालीको बिनाविकेटको क्षति ९२ रन

बलिङ आक्रमणमा आएका छन्, नन्दन यादव । उनको यो पहिलो ओभर हो । यसमा इटालीले एक छक्का र एक चौका प्रहार गरेका छन् । इटालीको स्कोर भएको छ, नौ ओभरको समाप्तीमा विना कुनै विकेटको क्षति ९२ । अब इटालीलाई जितका लागि ३२ रन मात्र आवश्यक छ ।

(05:38 PM)

इटालीले थप एक चौका प्रहार गरेको छ

इटालीले थप एक चौका प्रहार गरेको छ र स्कोर भएको छ, बिना विकेटको क्षति ८० रन भएको छ । आठौं ओभरमा सन्दीप आक्रमणमा रहेका थिए । यो ओभरमा एक चौका प्रहार भएको छ ।

(05:36 PM)

इटालीले आठौं ओभरको समाप्तीमा ८० रन बनाएको छ

इटालीले आठौं ओभरको समाप्तीमा ८० रन बनाएको छ । जितका लागि ४४ रनको आवश्यकता छ, इटालीलाई ।

Italy have scored 80 runs at the end of the eighth over.

(05:22 PM)

चौथो ओभरको समाप्तिमा इटालीको बिनाकुनै विकेट ५४ रन

नयाँ बलरका रुपमा ललित राजवंशी आएका छन् र इटालीले चौथो ओभरको समाप्तिमा बिनाकुनै विकेटको क्षति ५० रन बनाएको छ । नेपाली बलर संघर्षरत देखिएका छन् र स्थिति सम्हाल्का लागि नेपाली खेलाडीबीच छलफल पनि चलेको छ । इटालीले थप एक चौका र दुई छक्का प्रहार गरेको छ । एन्थोनी १९ र जस्टिन ३० रन बनाएका छन् ।

(05:15 PM)

इटालीको थप एक छक्का र दुई चौका

इटालीले थप एक छक्का तथा दुई चौका प्रहार गरेको छ । केरण केसीको तेस्रो ओभरपछि इटालीको स्कोर भएको छ, बिनाविकेटको क्षति ३० रन । नेपाली बलरलाई इटालीको ओपनरलाई रन बनाउनबाट रोक्न गाह्रो भइरहेको छ । नेपालले तीन ओभरको समाप्तिमा सानदार सुरुआत लिएको छ ।

(05:11 PM)

बिनाविकेटको क्षतिमा इटालीको १६ रन

दीपेन्द्रसिंह ऐरीले दोस्रो ओभर बलिङ गरेका छन् र इटालीको स्कोर भएको छ, बिनाविकेटको क्षति १६ रन बनाएको छ । जस्टिन ५ र एन्थोनी ११ रन बनाएर खेलिरहेका छन् । इटालीले यो ओभरमा एक चौका प्रहार गरेको छ । नेपाल सुरुमै दबाबमा देखिएको छ ।

(05:08 PM)

पहिलो ओभरमा इटालीको ७ रन

नेपालका लागि करण केसीले पहिलो ओभर बलिङ गरेका छन् र क्रिजमा रहेका छन्, दुई मोस्का- जस्टिन र एन्थोनी । इटालीले पहिलो ओभरको समाप्तीमा विना विकेटको क्षति ७ रन बनाएको छ । इटालीले जितका लागि १ सय २४ रन पछ्याइरहेको छ । इटालीले एक छक्का प्रहार गरेको छ ।

(04:42 PM)

१९ ओभरको समाप्तिमा ८ विकेट गुमाएर नेपालको १२३ रन

नेपालले १९ ओभरको समाप्तिमा ८ विकेट गुमाएर १ सय २३ रन बनाएको छ । करण १८ र सन्दीप ५ रन बनाएर खेलिरहेका छन् ।

(04:36 PM)

१७औं ओभर समाप्तीमा नेपालको १०२ रन

१७औं ओभरको समाप्तीमा नेपालको स्कोर भएको छ, ८ विकेटमा १ सय २ रन भएको छ ।

थप दुई ब्याटर आउट भएका छन् र पहिलो हुन्, गुल्सन झा । उनले तीन रन मात्रै बनाए । ब्याटबाट नेपालको कमजोर प्रदर्शन जारी रहेको छ । नयाँ ब्याटरका रूपमा नन्दन यादव आएका छन् । तर उनी रनटआउट भए । उनी शून्यमै आउट भए ।

(04:29 PM)

१६ ओभरमा नेपालको १०० रन

नेपालको १६ ओभरमा आइपुग्दा सय रन पूरा भएको छ ।

लगत्तै आरिफ पनि आउट भएका छन्, उनले २७ रन बनाए । नयाँ ब्याटरमा करण केसी आएका छन् । यो ओभरको समाप्तीमा नेपालको स्कोर भएको छ, ६ विकेटमा सय रन भएको छ ।

(04:20 PM)

१५ ओभर समाप्त , ५ विकेट क्षतिमा नेपालको ९६ रन

१५ ओभर समाप्त , ५ विकेट क्षतिमा नेपालको ९६ रन

(04:19 PM)

नेपालकाे ५ विकेट गयाे, लाेकेश बम आउट

बेन्जामिन मनेन्टीले आफ्नो चौथो तथा अन्तिम ओभर बलिङ गरेका छन् । लोकेश बम तीन रन बनाएर क्याच आउट भएका छन् । छक्का प्रहार गर्ने क्रममा उनले क्याच दिएका हुन् । नयाँ ब्याटरमा गुल्सन झा आएका छन् । नेपालको १५ ओभरको खेल समाप्ती भएको छ र स्कोर भएको छ, ५ विकेटमा ९७ रन भएको छ ।

(04:18 PM)

१४औं ओभर सकियाे : दीपेन्द्रसिंह ऐरी बोल्ड

नेपालको इनिङ्सको १४औं ओभर सकिएको छ र दीपेन्द्रसिंह ऐरी बोल्ड भएका छन् ।

उनको विकेट लिएका खेलाडी हुन्, कालुगमागे । दीपेन्द्रले १७ रन बनाए । अब नेपालका लागि नयाँ ब्याटरका रूपमा लोकेश बम आएका छन् । नेपालको स्कोर भएको छ, चार विकेटमा ९४ रन भएको छ ।

(04:01 PM)

दसौं ओभर समाप्त : तीन विकेटको क्षतिमा नेपालको ६७ रन

दसौं ओभर समाप्त भएको छ । नेपालको इनिङ्स मध्य भागमा पुगेको छ र अपेक्षाअनुसार रन बनेको छैन । तीन विकेटको क्षतिमा ६७ रन भएको छ । ऐरी ४ र आरिफ १४ रन बनाएर खेलिरहेका छन् ।

Tenth over ends: Nepal 67 runs for the loss of three wickets

(03:54 PM)

९ ओभर समाप्त, ३ विकेट क्षतिमा नेपालको ६१ रन

९ ओभर समाप्त, ३ विकेट क्षतिमा नेपालको ६१ रन 

(03:37 PM)

५ ओभर समाप्त, नेपालको ३३ रन

५ ओभर समाप्त, नेपालको ३३ रन

(03:32 PM)

चार ओभर समाप्त, नेपालको २३ रन

चार ओभर समाप्त, नेपालको २३ रन

(03:30 PM)

कप्तान रोहित पौडेल ब्याटिङमा

नयाँ ब्याटरका रूपमा कप्तान रोहित पौडेल आएका छन् । तेस्रो ओभर इटालीका लागि जेजे स्मट्सले बलिङ गरेका छन् । स्कोर एक विकेटको क्षतिमा १० रन बनाएको छ । नेपाल केही दबाबमा देखिएको छ र रन बटुल्न संघर्षरत रहेको छ ।

(03:26 PM)

एक विकेटको क्षतिमा नेपालको ८ रन

देब्रे हाते बलर अलि हसनले इटालीका लागि दोस्रो ओभर बलिङ गरेका छन् । नेपालको स्कोर एक विकेटको क्षतिमा ८ रन बनाएको छ । कुशल भुर्तेलले नेपालका लागि पहिलो चौका प्रहार गरेका छन् । कुशल आउट पनि भएका छन् । उनले क्याच दिएका छन् ।

(03:21 PM)

कुशल भुर्तेल र आसिफ सेखबाट इनिङ्स सुरुआत

पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले इनिङ्सको सुरुआत गरेका छन् । इटालीका स्पिन बलर बेन मेनन्टीले पहिलो ओभर गरेका छन् र उनले एक रन मात्र दिए । पहिलो रन वाइडका रूपमा प्राप्त भएको हो ।

(03:14 PM)

दुवै टिमका खेलाडी मैदान प्रवेश

दुवै टिमका खेलाडी मैदानमा प्रवेश गरेका छन् । अब दुवै टिमको राष्ट्रिय गान बज्नेछ । मैदानमा नेपाल र इटालीको विशाल भण्डा रहेका छन् । खेल सुरु हुन अगाडिको यो औपचारिक कार्यक्रमपछि अब प्रतिस्पर्धा सुरु हुनेछ । यस खेलको रेफ्रीमा डोनाभान कोच र साम नागाज्स्की रहेका छन् । दुवै अस्ट्रेलियाका हुन् ।

(02:54 PM)

इटालीले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

इटालीले टस जितेको छ र नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

Italy wins the toss, invites Nepal to bat

(02:27 PM)

नेपाल-इटालीबीचको खेलमा वानखेडेको सातौं पिच प्रयोग हुने

नेपाल र इटालीबीचको समूह सी को खेलका लागि वानखेडे स्टेडियमको सातौं पिच प्रयोग हुने छ । मैदानमो मध्य पिच यो रातो माटोले बनेको छ । ब्याटिङलाई मद्दत गर्ने खालको भएकाले ठूलो स्कोरको अनुमान गर्न सकिनेछ । यसमा बलरले स्विङका लागि पनि अपेक्षा गर्न सक्नेछ । घाममा यो पिचको व्यवहार कस्तो हुनेछ, त्यो हेर्न लायक हुनेछ । अहिले पिचमा रोलर लगाउने काम भइरहेको छ ।

(02:03 PM)

वानखेडे रंगशालाअगाडि नेपाली समर्थकको उत्साह

नेपाल र इटालीबीचको खेल सुरु हुनुअघि वानखेडे रंगशाला अगाडि नेपाली समर्थक ठूलो संख्यामा जम्मा हुन थालेका छन् । उनीहरुले नेपाली टिमको जर्सी र राष्ट्रिय झन्डा हल्लाइरहेका छन् ।

Nepali fans' enthusiasm in front of Wankhede Stadium

(01:58 PM)

बलिङको अभ्यासमा नेपाली खेलाडी

वानखेडे स्टेडियमको प्रेस बक्सको बायाँतिर केही नेपाली खेलाडीले बलिङको अभ्यास सुरु गरेका छन् । यस्तै केही खेलाडी भने स्ट्रेचिङ गरिरहेका छन् । इटालीविरुद्धको खेल अगाडि टिमको यो वार्मअपमा निर्देशन दिने काम गरिरहेका छन्, मुख्य प्रशिक्षक स्टुवार्ट लले । यस्तै बलिङ प्रशिक्षक इयान हार्भे पनि मैदानमै छन् । प्रेस बक्सको दायाँतिर इटालीको टिमले अभ्यास गरिरहेको छ । यसबीच नेपाली दर्शकको स्टेडियममा प्रवेशको क्रम सुरु भएको छ ।

(01:56 PM)

स्टेडियमबाहिर नेपाली समर्थकको भिड बढ्दै

स्टेडियम बाहिर नेपाली समर्थकको भिड लाग्न थालिसकेको छ । दर्शकलाई स्टेडियममा प्रवेश गर्न भने दिइएको छैन ।

Crowd of Nepali fans growing outside the stadium

(01:54 PM)

नेपाली टोली वानखेडे स्टेडियममा

इटालीविरुद्ध खेल्न नेपाली टोली मुम्बईको वानखेडे स्टेडियममा प्रवेश गरेको छ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित रहेको थियो । इटालीको टिम यसअघि नै वानखेडे स्टेडियम पुगिसकेको छ । इटाली पनि पहिलो खेलमा पराजित रह्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully