छात्र बास्केटबलको सेमिफाइनल समीकरण

काष्ठमण्डप ए लेभल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको शुक्रबार सेमिफाइनलमा काष्ठमण्डपको भेट मिल्सबेरीसँग हुनेछ भने इस्लिङ्टनले नामीको सामना गर्नेछ ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नवौं काष्ठमण्डप अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

काष्ठमण्डप ए लेभल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको शुक्रबार  सेमिफाइनलमा काष्ठमण्डपको भेट मिल्सबेरीसँग हुनेछ भने इस्लिङ्टनले नामीको सामना गर्नेछ ।

समूह चरणको प्रतिस्पर्धामा काष्ठमण्डपले इस्लिङ्टनलाई १०–८, इस्लिङ्टनले मिल्सबेरीलाई ६–५, मिल्सबेरीले काष्ठमण्डपलाई १२–३ र सेन्ट जेभियर्सलाई ८–७ तथा सेन्ट जेभियर्सले काष्ठमण्डपलाई १४–१२ स्कोरले पराजित गरे ।  

कान्तिपुर

Link copied successfully