सिटीले फुलहमलाई ३–० ले हरायो भने एस्टन भिल्लाले ब्राइटनलाई १–० ले पराजित गरेको हो ।
काठमाडौँ — म्यानचेस्टर सिटी र एस्टन भिल्लाले बुधबार इंग्लिस प्रिमियर लिगमा जित निकाल्दै शीर्षमा रहेको आर्सनलससँगको दूरी घटाएका छन् ।
सिटीले फुलहमलाई ३–० ले हरायो भने एस्टन भिल्लाले ब्राइटनलाई १–० ले पराजित गरेको हो ।
सिटीको जितमा एन्टोन सेमेन्यो, निको ओ रेनी र इर्लिङले गोल गरे । भिल्लाका लागि एक मात्र गोल ज्याक हिन्सहेलउडको नाममा आत्मघाती रह्यो । यो नतिजापछि सिटीको ५३ र भिल्लाको ५० अंक भएको छ । आर्सनल भने ५६ अंकमा शीर्षमा छ ।
लिभरपुल भने ४२ अंकमा छैटौं स्थानमा रह्यो । उसले अर्को खेलमा भर्जिल भान डाइकको गोलमा सन्डरल्यान्डलाई १–० ले पन्छायो ।
यस्तै बर्नलीले क्रिस्टल प्यालेसलाई ३–२ ले निराश पार्यो भने नटिंघम फरेस्ट र उल्भ्सले गोलरहित बराबरी खेले ।
