सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न समूह ‘बी’ को लिगमा नाम्चेले आमादब्लम युथ क्लबलाई २–१ गोलले पराजित गर्यो ।
काठमाडौँ — नाम्चे युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न समूह ‘बी’ को लिगमा नाम्चेले आमादब्लम युथ क्लबलाई २–१ गोलले पराजित गर्यो । नाम्चेका विशाल मगर र ओसिन निमा टासीले १–१ गोल गरे । आमादब्लमका कर्मा टासी शेर्पाले १ गोल फर्काए । ओसिन प्लेयर अफ द म्याच घोषित भए ।
सेमिफाइनलमा नाम्चेको भेट खुम्जुङ युथ क्लबसँग हुनेछ भने आयोजक महेन्द्रज्योति पूर्व विद्यार्थी मञ्च फराकले खुम्बु युनाइटेड क्लबको सामना गर्नेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
